अफ्रिकी देशसँग सहकार्य बिस्तार गर्न तयार छौ : इरान राष्ट्रपति

 ग्लोबल टिभि      आइतवार, बैशाख १६, २०८१      0

बैशाख १६ –  इरानका राष्ट्रपति इब्राहिम रायसीले आफ्नो देशले अफ्रिकी राष्ट्रहरूसँग सहकार्य बिस्तार गर्न खोजेको बताएका छन् । इरानको राजधानी तेहरानमा आयोजना भएको इरान र अफ्रिकाको दोस्रो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा विभिन्न अफ्रिकी देशका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा राईसीले उक्त टिप्पणी गरेको हो । उनले इरानका नेताहरूले सधैँ अफ्रिकी देशहरूसँगको सहयोग अभिवृद्धि गर्ने आवश्यकतालाई जोड दिँदै दुई पक्षले एकअर्काको क्षमताको थप ज्ञान हासिल गर्नुपर्ने बताए ।

इरानको अफ्रिका र पश्चिमको दृष्टिकोणमा महत्वपूर्ण भिन्नता रहेको रायसीले उल्लेख गरे । उनले पश्चिमा राज्यहरूले सधैं अफ्रिकी देशहरूको सम्पती र स्रोतहरू लुट्न खोजिरहेको बताए । उनले इरान र अफ्रिकी देशबीच आर्थिक सहयोग बिस्तार गर्न आग्रह गर्दै अधिकांश अफ्रिकी देश इरानसँग सहकार्य गर्न इच्छुक रहेको बताए । हाल करिव १ अर्ब अमेरिकी डलर पुग्ने वार्षिक द्विपक्षीय व्यापारमा दश गुणा वृद्धि हासिल गर्ने लक्ष्य व्यक्त गर्दै राष्ट्रपतिले इरान र अफ्रिकाबीचको सम्बन्धको विकासमा रहेका अवरोधहरू हटाउन पनि आग्रह गरे ।

इरानको राजधानी तेहरानमा आयोजना भएको इरान र अफ्रिकाको दोस्रो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा विभिन्न अफ्रिकी देशका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको राष्ट्रपतिको कार्यालयले बताएको छ । उनले इरानका नेताहरूले सधैं अफ्रिकी देशहरूसँगको सहयोग अभिवृद्धि गर्ने आवश्यकतालाई जोड दिँदै दुई पक्षले एकअर्काको क्षमताको थप ज्ञान हासिल गर्नुपर्ने बताए । उनले इरान र अफ्रिकी देशबीच आर्थिक सहयोग बिस्तार गर्न आग्रह गर्दै अधिकांश अफ्रिकी देश इरानसँग सहकार्य गर्न इच्छुक रहेको बताए । हाल करिव १ अर्ब अमेरिकी डलर पुग्ने वार्षिक द्विपक्षीय व्यापारमा दश गुणा वृद्धि हासिल गर्ने लक्ष्य व्यक्त गर्दै राष्ट्रपतिले इरान र अफ्रिकाबीचको सम्बन्धको विकासमा रहेका अवरोधहरू हटाउन पनि आग्रह गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *