असोज दोस्रो सातादेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने

 ग्लोबल टिभि      मङ्लबार, भदौ २९, २०७८      0

असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको हो । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असोज ८–९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसर दशैंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

सरकारले गरेको अग्रिम टिकट बुकिङ खोल्ने प्रस्तावमा व्यवसायीहरुले घुमाउरो रुपमा असहमति प्रकट गरेका छन् । उनीहरुले बुकिङ खुल्नुअघि दशैंका घर जाने यात्रुको चाप अवस्था हेरेर निर्णय लिनुपर्ने बताएका छन् ।

नेपाल यातायआत व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारसँग दोस्रो चरण छलफल गरेर मात्रै अग्रिम बुकिङबारे टुंगो लगाउने बताउँछन् ।

‘महामारीको अवस्था छ, यात्रु धेरै नहोलान्, गाडीको उपलब्धताको अवस्था हेरेर अग्रिम बुकिङबारे निर्णय लिनुपर्छ,’ उनले भने । यात्रुको चाप थोरै भएमा बुकिङ खोल्न आवश्यक नपर्ने संकेत व्यवसायीको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *