बोक्सीको आरोपमा सर्लाहीमा महिलामाथि सामूहिक कुटपिट

 ग्लोबल टिभि      सोमवार, माघ १७, २०७८      0

मधेस प्रदेशको सर्लाहीमा फेरि एक महिलामाथि बोक्सीको आरोपमा सामूहिक कुटपिट गरिएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकामा बोक्सीको आरोपमा एकल मुस्लिम महिलाको परिवारमाथि एक समूहले परिवारमाथि आक्रमण गरी सबै सदस्यलाई कुटपिट गर्नुको साथै मलमुत्र खुवाउने धम्की दिइएको छ ।
यो घटना सर्लाहीको पश्चिमी भू भागमा अवस्थित धनकौल गाउँपालिका वार्ड न। ३ हरकठवा गाउँको हो ।
स्वर्गीय इजराइल अन्सारीको अन्दाजी ६५ वर्षीय श्रीमतीलाई जादुटुना गरी आफ्नो श्रीमती बिरामी पारेको भन्दै स्थानीयको एक समूहले महिलालाई गाली, बेइज्जती दिनुको साथै गाउँबाटै उठिबास लगाइदिने धम्कीसमेत दिएको छ ।स्थानीय मंगनी साह, भाइ होरिल साह, आफन्त नुनु साह, जित साह, सुनिल साहलगायतका समूहले घरमै गएर परिवारमाथि सामूहिक आक्रमण गरी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।
कुटाइबाट महिलाको आँख, नाक र मुखमा गम्भीर चोट लागेका छन, भने छोराको अनुहारसमेत फुलेका छन् । घटना भए १२ दिन बित्न लाग्दा पनि आँख र अनुहारमा निलडाम देखिन्छ ।
उनीहरूले आर्थिक रूपमा विपन्न अल्पसंख्यक मुस्लिम समुदायका परिवारलाई साम्प्रदायिक हिंसा भडकाइदिने, परिवारका उठिबास लगाउने देखि छोराको ज्यान मार्ने धम्की समेत दिँदै आएको छ । पिडकको आतंकले मुस्लिम परिवार त्रसित भएर बाँच्न बाध्य हुँदै आएको छ ।
कुटपिट गरिरहेकाबारे परिवारका सदस्यलाई जानकारी भएपछि आमा, बुहारीसमेत घटना स्थलमा विवाद मिलाउन पुगेका थिए । तर, पिडकले आफ्नो घरको महिलासहित बालबालिका समेत लगाएर १५÷२० जनाको समूहले आक्रमण गरी आमा, बुहरीमाथि दोस्रो पटक कुटपिट गरेको गुनासो गरे ।
पीडितले ५ जनाविरुद्व दिएको किटानी जाहेरीको आधारमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यलय, बरहथवाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *