कमेडी शो ‘जोगिन्दर मुखियाजी’ अब ग्लोबल टेलिभिजनमा

 ग्लोबल टिभि      बुधबार, चैत्र ९, २०७८      0

चैत ९- चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ग्लोबल एचडी टिभीबाट ल्याउने भएका छन् ।

उनले ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका हुन् । ‘जोगिन्दर मुखियाजी’ ग्लोबल एचडी टिभीबाट चैत्र १० गतेदेखि प्रत्येक बिहिबार साँझ ७ः३० बाट प्रसारणमा आउँदैछ ।

जोगिन्दर उपनामले परिचित रिजालले आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने भएकोले नयाँ शोमा पनि यो नाम जोडेको बताए ।

यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’ मार्फत दर्शकको मन जित्न सफल उनी डेढ वर्षपछि नयाँ टेलिभिजनमा देखिन लागेका हुन् । ‘जोगिन्दर मुखियाजी’ एक पुर्ण मनोरन्जनात्मक शो भएको उनले जानकारी दिए ।

‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ , टोल वा वडामा धेरै फैसला मुखियाजीकै आधारमा हुने गर्थे’ उनले भने ‘त्यही पात्रलाई टेलिभिजन शोमा ल्याउन लागेको हो ।’ कार्यक्रमको पहिलो एपिसोड उनले पुर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको  छन्  ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *