डोटीमा जिप दुर्घटना, २ जनाको मृत्यु

 ग्लोबल टिभि      आइतवार, चैत्र २०, २०७८      0

चैत २०- डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको र डोटी प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार से १ ज ८३९ नम्बरको जिप पूर्वी चौकी–१ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ गइरहेको थियो। जिल्लाको पूर्वी चौकी गाउँपालिका–१ मा जिप दुर्घटना भएको हो।

मृतक र घाइतेको सनाखत हुन सकेको छैन। दुर्घटनाको कारण पनि नखुलेको प्रहरीले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *