३ दिने भारत भ्रमणका लागि प्रचण्ड भोली भारत जाँदै

 ग्लोबल टिभि      बिहिबार, असार ३०, २०७९      0

असार ३०– असार ३१ गते नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३ दिने भारत भ्रमणमा जाने भएका छन् ।  करिव डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएका थिए ।

प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष श्री जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए ।

भारतका विभिन्न पार्टीका उच्च अधिकारीहरुसँग भेटेर प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *