राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न पर्छः सुनिता डंगोल

 ग्लोबल टिभि      बुधबार, कार्तिक ९, २०७९      0

कात्तिक ९ –काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकि छिन् ।

बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकि हुन् । उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् । उहाँले सरकारी कार्यालयहरुमा चलाउने डकुमेण्टहरुमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन् । उनले अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताइन्।

उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *