बाध्यताले संघीयता र गणतन्त्र विरोधीसँग गठबन्धन गर्न परोः प्रधानमन्त्री प्रचण्ड

 ग्लोबल टिभि      शुक्रबार, पुस २२, २०७९      0

पुस २२– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्नु बाध्यता भएको बताएका छन्।

नेपाल पत्रकार महासंघको टोलीसँग उनले जनमतबाट निर्वाचित शक्ति भएका कारण संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्न बाध्य भएको बताएका हुन्।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार महासंघका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए।

जवाफमा उनले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एकगठ गर्न बाध्य भएको बताएका थिए।

महासंघको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल र युट्युबले जनमत बदल्ने गरेको भन्दै सचेत हुनु पर्नेमा पनि जोड दिएका थिए। सामाजिक सञ्जालले बदल्ने जनमत अस्थायी हुने भए पनि नियमन जरूरी रहेको उनको भनाइ थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *