मलेसियाविरुद्ध दिपेन्द्रको अर्धशतक

 ग्लोबल टिभि      शनिबार, चैत्र १९, २०७८      0

चैत्र १९-त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । ३६ बल खेलेका उनले ७ चौकाको सहयोगमा अर्धशतक बनाए । दिपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाँचौ अर्धशतक हो ।

दिपेन्द्रसँगै क्रिजमा रहेका आरिफ शेखले १ रन बनाएका छन् । दिपेन्द्रको अर्धशतकसँगै नेपालले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४५ रन बनाएको छ । यसअघि नेपालका लागि रोहित कुमार पौड्यलले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *