म्यानुएल नोयाद्वारा सम्झौता नवीकरण

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ १०, २०७९      0

जेठ १०-जर्मन क्लब बायर्न म्युनिखका गोलकिपर म्यानुएल नोयाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार गोलकिपर नोयाले सम्झौता नवीकरण गरेको जनाएको छ । जर्मन गोलकिपर नोया अब २०२४ सम्म बायर्नमा रहने छन् ।

यस सिजनको उपाधि जित्ने क्रममा उनले १० क्लिन सिट राखेका थिए । ३६ वर्षीय नोया २०११ मा शाल्केबाट बायर्न आएका थिए । नोयाले बायर्नका लागि ४ सय ७२ खेल खेलिसकेका छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *