गोन्कालो उल्भ्स आउने पक्का

 ग्लोबल टिभि      सोमवार, साउन २३, २०७९      0

साउन २३–इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले पोर्चुगिज फरवार्ड गोन्कालो गुएडेस अनुबन्ध गर्ने भएको छ । उल्भ्सले गोन्कालोलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट अनुबन्ध गर्न लागेको हो ।

गोन्कालो अनुबन्धका लागि उल्भ्स र भ्यालेन्सियाबीच २७.५ मिलियन पाउण्डको सम्झौता भएको छ । राउल जेमिनेज चोटको कारण लामो समय मैदान बाहिर रहने भएपछि उल्भ्सले गोन्कालो अनुबन्ध गर्न लागेको हो ।

उनी २०१८ मा पीएसजीबाट भ्यालेन्सिया आएका थिए । उनले पोर्चुगलका लागि ३२ खेल ७ गोल गरिसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *