पाठ्यपुस्तकमा चुच्चे नक्सा गायव

 ग्लोबल टिभि      सोमवार, असार १४, २०७८      0

विद्यालय तहका पाठ्यपुस्तकमा नेपालको पुरानै नक्सा राखिएको छ । सरकारले नयाँ चुच्चे नक्सा जारी गरेर पाडठ्यपुस्तकमा राख्ने निर्णय गरेतापनि पुस्तक प्रकाशन भएर आउँदा पुरानै नक्सा राखिएको पाइएको हो ।

विद्यालय तहका सामाजिक शिक्षालगायत पुस्तकमा पुरानै नक्सा राखिएको छ । पाठ्यक्रम विकास केन्द्रले भने बजारमा पुरानै स्टक पुस्तक गएका कारण त्यस्तो पाइएको हुनसक्ने बताएको छ ।

गत महिनामात्र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा आएका त्यस्ता पुस्तक तुरुन्त फिर्ता लिन निर्देशन दिँदै त्यस्ता पुस्तक बिक्री वितरण गर्नेलाई कारवाही गर्ने बताएका थिए ।

यस्तै अघिल्लो वर्ष पाठ्यक्रम विकास केन्द्रले नै नेपालको नयाँ नक्सा सहित छापेको शिक्षक सहयोगी पुस्तक वितरण गर्न सरकारले नै रोक लगाएको थियो ।

तर अहिले बजारमा भेटिएका पुरानै नक्सा भएका किताब गत बर्ष अगाडि नै प्रकाशन भएर देशभरीका बजारमा पुगेको हुनसक्ने पाठ्यक्रम विकास केन्द्रको अनुमान छ ।

ती पुस्तक पहिले नै छापिएका र स्टक हुनसक्छन्, केन्द्रका निर्देशक गणेश भट्टराइले जानकारी दिए ।

अघिल्लो बर्ष जेठमा प्रतिनिधि सभाले भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

त्यसयता नेपालको नक्सा प्रयोग हुने हरेक विषय क्षेत्रमा नयाँ नक्सा प्रयोग गर्न थालिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *