भारतमा कोरोना भाइरसको नयाँ संक्रमित संख्या बढ्यो

 ग्लोबल टिभि      शनिबार, कार्तिक १३, २०७८      0

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३ करोड ४२ लाख ६०, हजार ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् ।

हाल देशमा १लाख ६१हजार ५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या ३ करोड ३६लाख ४१हजार १७५ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *