फुलह्यामलाई पराजित गर्दै म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा प्रवेश

 ग्लोबल टिभि      आइतवार, कार्तिक २०, २०७९      0

कात्तिक २० –इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा सिटीले नवप्रवेशी फुलह्याममाथि २–१ को जित निकाल्दै पुनः आर्सनललाई पछि पारेको हो।

घरेलु मैदानमा पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको सिटीले इन्जुरी समयमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित निश्चित गर्‍यो। खेलमा १७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको २८ औँ मिनेटमा आन्द्रेस पेरीराले पेनाल्टीबाट गोल गर्दै फुलह्याम लाई १–१ गोलको बराबरीमा ल्याए। सिटीका डिफेन्डर जोआ कान्सेलोले ह्यारी विल्सनलाई फउल गर्दै लडाएपछि फुलह्यामले पेनाल्टीको अवसर पाएको थियो। फउलको कारण कान्सेलोले रातो कार्ड पाएर मैदानबाट बाहिरिंदा सिटी १० खेलाडीमा सीमित भएको थियो।

दोस्रो हाफमा पनि खेलमा दबाब बढाएको सिटीका लागि ७४ औं मिनेटमा अर्लिङ हालाण्डले हेड गोल गरेका थिए। तर, भीएआरले उनको गोललाई ‘अप साइड’ करार गरेपछि सिटीले सम्भावित अग्रता गुमाएको थियो।

तर खेलको इन्जुरी समयमा हालाण्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई २–१ को जित दिलाए। सिटीले १३ खेलमा ३२ अंक जोडेको छ। फुलह्याम १९ अंक जोडेर आठौँ स्थानमा छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *