नेत्रहीन टी–२० विश्वकपः आज नेपाली टोली भारत जाँदै

 ग्लोबल टिभि      आइतवार, मंसिर १८, २०७९      0

मंसिर १८ –नेपाली टोली आज (आइतबार) भारतमा हुने तेस्रो नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाँदैछ। १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागी हुन भारत जाँदैछ।

खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी रहेका छन् यसैगरी अन्य खेलाडीमा सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी छन्।

टोलीको प्रशिक्षकमा नहेन्द्र निरौला रहँदा व्यवस्थापकमा तुमरु उप्रेती छन्। यस्तै प्रतियोगितामा सहभागी हुने टोलीमा अफिसियलका रुपमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ रहेका छन्।​

७ राष्ट्र सहभागी विश्वकपको उद्घाटन खेल मंसीर १९ गते नयाँदिल्लीमा र समापन खेल पुस ३ गते बैंगलोरमा हुने छ।

७ राष्ट्र, राउन्ड रोविन लिगबाट शीर्ष ४ सेमिफाइनलमा
विश्व नेत्रहीन क्रिकेट परिषदका नेपालसहित पूर्णकालिन १० सदस्यले सहभागिता जनाउने अवसर पाउने प्रावधान छ। यद्यपि वेष्टईण्डिज, न्युजिल्याण्ड र इंगल्याण्डले भने यो संस्करणमा भाग लिएका छैनन्।

प्रतियोगितामा नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी ७ राष्ट्रले भाग लिएका छन्। प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ। यो लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन्।

लिगमा नेपालले मंसीर २० गते भारतसँग प्रतिस्पर्धा गर्दा २१ गते बंगलादेशसँग भिड्नेछ। यसैगरी २३ मंसीरमा अस्ट्रेलिया, २४ मंसीरमा दक्षिण अफ्रिका तथा २७ मंसीरमा श्रीलंकासँग नेपालले खेल्नेछ। लिगको अन्तिम खेलमा आगामी मंसीर २८ गते नेपालले पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्ने छ।

बी–१ खेलाडीहरुको समूह

१ सागर लामा

२ सुनिल सुबेदी

३ हिम बहादुर खत्री

४ भरत चौलागाईं

५ राधेश्याम चौधरी

बी–२ खेलाडीहरुको समूह

१ सन्त पहरी

२ खिमानन्द गैरे

३ युवराज भण्डारी

४ सुनिल राना मगर

५ प्रेम क्षेत्री

बी–३ खेलाडीहरुको समूह

१ खेमराज सापकोटा

२ सुरेन्द्र कुमार तामाङ

३ नरेश चौधरी

४ सागर चेपाङ

५ शंकर रेग्मी

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *