ग्लोबल टिभि
बुधबार, कार्तिक १६, २०७९
0
कात्तिक १६ –बलिउड अभिनेता सलमान खानलाई वाई प्लस सुरक्षा दिइने भएको छ । लामो समयदेखि ज्यान मार्ने धम्कि पाइरहेको सलमानलाई मुम्बई प्रहरीले यो सुरक्षा दिन लागेको हो ।
वाई प्लस सुरक्षामा २ कमाण्डो र २ पीएसओ र अन्य प्रहरी गरेर ११ जना रहनेछन् । जो सलमानको सुरक्षाका लागि सधैं साथमा रहनेछन् । सलमानलाई पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या गरेको आरोप लागेको गिरोहबाट धम्की आउने गरेको छ ।
भारत सरकारले सलमानसँगै अक्षय कुमार र अनुपम खेरको सुरक्षा पनि बढाएको छ । उनीहरुले एक्स श्रेणीको सुरक्षा पाएका छन् ।
Post Views: 550
Leave a Reply