दाङका तीन फर्निचर उद्योगमा आगलागी

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ८, २०७९      0
file photo

कात्तिक ८ –गएराति दाङको घोराहीमा तीनवटा फर्निचर उद्योगमा आगलागी भएको छ। घोराहीको सहिद उमेश मार्ग रोडमा रहेका तीन वटा उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट तीनवटै फर्निचर उद्योग जलेर नष्ट भएका छन्। न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

राति १२ बजेदेखि सुरु भएको आगो बिहान साढे ४ बजे निभाइएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो निभाइएको हो।

लक्ष्मी पूजाको अवसरमा बालिएको दियोबाट आगो लागेको हुनसक्ने अनुमान गरिएको छ। क्षतिको एकिन विवरण भने प्राप्त भइसकेको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *