हेटौंडामा गठबन्धनका उम्मेदवार विजयी

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ६, २०७९      0

जेठ ६– हेटौडा उपमहानगरपालिकाको मतगणना नसकिँदै सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

हेटौंडाको मेयर र उपमेयर दुबै पदमा क्रमशः एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन् । हेटौडामा वैशाख ३० गतेको निर्वाचनमा कुल ७३ हजार ४४१ मत खसेको थियो । जसमध्ये ७१ हजार ५१८ मत गणना भइसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले २०३९५ मत पाएका छन् भने एकीकृत समाजवादीकी मीना लामा २२४६८ मत पाएर अग्रता बनाइरहेकी छन् । जसमा मतान्तर २०७३ रहेको छ । तर अब १९२३ मात्रै गन्न बाँकी रहेकाले मीना र बानियाँ गणना सकिनुअघि नै विजयी भएका हुन् । निर्वाचन आयोगले मतगणना सकिएपछि औपचारिक रुपमा घोषणा गर्नेछ ।

उसो त एमालेका मेयर र उपमेयरका उम्मेदवारले शुक्रबार दिउँसै हार स्वीकार्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिइसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *