नव र्निवाचित जनप्रतिनिधिलाई उत्तरदायी बन्न महामन्त्री थापाको र्निदेशन

 ग्लोबल टिभि      सोमवार, असार २७, २०७९      0

असार २७-नेपाली  कांग्रेस  प्रदेश सभा क्षेत्रिय कार्यसमिति (क) ललितपुर  क्षेत्र  न. २ द्वारा आयोजित  भेला तथा जागरण  कार्यक्रम लाई सम्बोधन गर्दै नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति माननीय  इन्द्रबहादुर बानियाँ :

नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेस बहुमतमा रहेको र नव र्निवाचित जनप्रतिनिधिलाई जिम्मेवारी बढेको जिकिर गरे ।

 थापाले भने ‘फलानोले के गर्यो गरेन भन्नु भन्दा पनि बितेको पाँच वर्ष भन्दा फरक ढङ्गले काम गरेर आफूलाई प्रमाणित गर्नुपर्छ र स्वतन्त्रले आफूलाई ठुलो जिम्मेवारी भएको ठान्नु पर्यो उहाँहरूले के ठान्नु हुन्छ के गर्नुहुन्छ त्यसमा हाम्रो भविष्य जोडिएको छ’

उनले भने ‘वडा अध्यक्षले गर्ने काम सेवा हो र नेपाली कांग्रेसका नव र्निवाचित जनप्रतिनिधिले सेवाग्राही सन्तुष्ट हुनेगरि काम गर्नुपर्छ ताकी त्यो वडा देखिने बित्तिकै त्यो चाँहि कांग्रेसले नेतृत्व गरेको वडा भनियोस्’

नेपाली कांग्रेस बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँले भने श्रीलङ्काको अवस्था हुन नदिन कम्युनिष्ट लाइ पनि मिलाएर एमसीसी पास गरियो ।

बानियाँले भने ‘एमसीसी पास पछि कांग्रेस सिद्धिन्छ भनेका थिए तर नेपाली कांग्रेस भिडको पछाडि हिँड्दैन, भिड नियन्त्रण गर्ने पार्टी हो । एमसीसी पास पछि स्थानीय चुनावमा रिजल्ट पनि आयो र रिजल्ट मा नेपाली कांग्रेस देशकै नम्बर वान पार्टी बन्यो ।’

उनले भने ‘र्निणय गर्ने एमसीसी नभएर जनता हो । त्यस कारण एमसीसी पास गर्ने कांग्रेसको र्निणय ठिक रहेछ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *