छलफल र कानुनी परामर्शमा दाहाल–नेपाल समूह

 ग्लोबल टिभि      सोमवार, फाल्गुन २४, २०७७      0

साबिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूह कानुनी परामर्शमा जुटेको छ । स्थायी कमिटी बैठक बस्नुअघि यो समूहले सर्वोच्चको फैसलाबारे छलफललाई तीव्रता दिएको हो । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको छ । साविकका एमाले र माओवादी केन्द्रको एकता नै अस्वीकार गर्नेगरी सर्वोच्च अदालतको फैसला आएपछि दवावमा परेको माधव कुमार नेपाल सहितका तत्कालिन एमालेका नेताहरु छुट्टै छलफलमा बसेका छन् ।

दाहाल–नेपाल समूहले आइतबार साँझ पनि कानुनविद्हरुसंग सर्वोच्चको फैसलाबारे परामर्श लिएका थिए । उक्त परामर्षमा कानूनविद्हरूले अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाएका थिए । कानूनविद्हरूको सुझाव र स्थायी सदस्यहरूको रायपछि यसबारेमा आधिकारिक धारणा बनाउने मनसायमा दाहाल–नेपाल समूह छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *