म प्रधानमन्त्री हुन मात्रै बाँकी छुः बल बहादुर केसी

 ग्लोबल टिभि      आइतवार, कार्तिक २७, २०७९      0

कात्तिक २७ –सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसीले आफू प्रधानमन्त्री हुन मात्र बाँकी रहेको बताएका छन् । आईतबारको सोलुखुम्बुमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै केसीले आफू मन्त्री भईसकेको र अब पनि चुनाब पछि मन्त्री हुने दावी गर्दै अब प्रधानमन्त्री हुन मात्र बाँकी रहेको बताएका हुन् ।

सोलुखम्बुको विकासका लागि सडक ,खानेपानी शिक्षा र स्वास्थ्य क्षेत्र आफनो प्राथमिकतामा रहेको बताउँदै केसीले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गरे । सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *