प्रधानमन्त्री प्रचण्डको प्रतिज्ञा- ‘यो कार्यकाल भाषणभन्दा काम धेरै गर्छु’

 ग्लोबल टिभि      शनिबार, पुस १६, २०७९      0

पुस १६ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो कार्यकालमा भाषण कम काम धेरै गरेर जनताको सेवा गर्ने प्रतिज्ञा गरेका छन् ।

शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटनपश्चात् मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले आफू हरेक दिन सुशासन, विकास र देशको पक्षमा काम गरिरहेको बताउँदै यो कार्यकाल भाषणभन्दा काम धेरै गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हरेक दिन देशको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने । नेपाल र नेपालीको आवश्यक्तालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकालमा । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’

सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्नै मन्त्रिपरिषदको पहिलो बैठकबाटै निर्णय भएको पनि उनलेब बताए । प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहणमै देशको अर्थतन्त्र, सुशासन कायम गर्न, बेथिति नियन्त्रण, जनताका सास्ती मुक्त गर्ने संकल्प लिएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *