कांग्रेसको व्‍यक्ति र नाम होइन दृष्टिकोण फेर्नुपर्छ : निधि

 ग्लोबल टिभि      आइतवार, साउन ७, २०८०      0

साउन ७ –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताए। उनले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताए। उनले संविधान र कानुनलाई संशोधन गरेर भए पनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

उनले भने,  ‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ। पाँच वर्षपछि रुपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर नेपाली कांग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ? तीनै तहको लागि चुनावको तयारी गरौँ। पार्टीको संगठन सुदृढीकरण गरौँ। विस्तारित गरौँ। त्यस काममा हामी लागौँ। प्रदेशहरुको अधिकारलाई सुनिश्चित गरौँ। संविधान संशोधन गर्नुपर्छ भने गरौँ। कानुनमा संशोधन गर्नुपर्छ भने गरौँ। यसका लागि नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तनभन्दा पनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ।’

उनले अहिलेको लागि गठबन्धन ठिक भए पनि आगामी निर्वाचनमा भने कांग्रेस एक्लैले बहुमत ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्ने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *