धनगढीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु,लम्कीमा तनावग्रस्त ,प्रहरीले गर्यो बल प्रयोग

 ग्लोबल टिभि      बिहिबार, मंसिर ९, २०७८      0

धनगढी ,मङ्सिर ९गते।
ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि तनावग्रस्त भएको लम्कीमा अझै स्थिति सामान्य भएको छैन।

घटनापछि लम्की बजार बन्द र पूर्व-पश्चिम राजमार्ग अवरूद्ध छ।
स्थिति सामान्य पार्न २ सय बढी प्रहरी परिचालन गरेर बल प्रयोग गरेिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बिहीबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लम्की बजारमा पेट्रोल भरेर गन्तव्यतिर फर्किन लागेको ट्रकले टीकापुर नगरपालिका–२ की ४० वर्षीय गोमा थापालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

सवारीको पर्खाइमा सडक छेउमा बसेकी थापालाई ट्रक चालकले लापरबाही गर्दा उनको मृत्यु भएको भन्दै लम्कीका स्थानीय र मृतकका आफन्त आन्दोलनमा छन्। उनीहरूले उक्त ट्रकमा आगो लगाएका थिए।
प्रहरी स्थानीयलाई रोक्न अश्रुग्यास र केही राउण्ड हवाई फायर समेत गरेको थियो।

प्रहरीले आगो लगाउन रोके पनि स्थानीयले सो ट्रकमा आगजनी गरेरै छोडे।

प्रहरीले बल प्रयोग गरेर मृतकको शव उठाएर पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
बल प्रयोग गरेर राजमार्ग सुचारू गर्न, स्थिति सामान्य पार्न आन्दोलनकर्तालाई बल प्रयोग गरेर रोकिरहेका छौं, एकछिन खुल्ने फेरि एकछिन बन्द हुने अवस्था छ,’ उनले भने।

राजमार्ग अवरूद्ध हुँदा गन्तव्यका लागि छुटेका सवारी साधन ठप्प छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *