सिधाकुराका प्रकाशक र सम्पादक बयानका लागि सर्वोच्च(भिडीयोसहित)

 ग्लोबल टिभि      बिहिबार, बैशाख २०, २०८१      0

बैशाख २० – सर्वोच्च अदालतले सिधाकुरा डटकम र यसको आधिकारीक यूट्युव तथा फेसबुक पेजबाट मिति २०८१ वैशाख १४ गते शुक्रबार प्रकाशन तथा प्रसारण भएको ‘द डार्क फाइल’ श्रृङ्खलाका सामग्रीले अदालतको अवहेलना भएको भन्दै  आज सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना बयानका लागि सर्वोच्च अदालत पुगेका छन् ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले आदेश दिएबमोजिम उनीहरु बयानका लाागि सर्वोच्च पुगेका हुन् । सर्वोच्चका न्यायधिशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले दिएको आदेश बमोजिमको ‘द डार्क फाइल’का सबै सामग्री हटाएर प्रकाशक र सम्पादक बयानका लागि सर्वोच्च पुगेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *