गृहमन्त्री बालकृष्ण खाणले भने -‘एमसीसी अनुमोदन गर्न प्रधानमन्त्रीले पद नै धरापमा राख्नुभयो

 ग्लोबल टिभि      शनिबार, फाल्गुन २८, २०७८      0

बुटवल-फागुन २८गते । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी अनुदान एमसीसी सम्झौता पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पद नै धरापमा राखेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझका कारण एमसीसी पारित गराउन सफल भएको समेत उनको भनाइ थियो।
शनिबार गृहजिल्ला रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री खाणले प्रधानमन्त्री देउवा नेतृत्वमा सरकार नबनेको भए एमसीसीका कारण मूलुकमा ठूलो संकट आउन सक्ने बताए। उनले देउवा नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ भएको दाबी गरे।
प्रधानमन्त्रीले एमसिसिको सन्दर्भमा आफ्नो पद नै गए पनि जाओस् भनेर भन्नुभएको थियो। उहाँ (देउवा)कै कारण एमसीसी पारित भएको हो,’ गृहमन्त्री खाणले भने। उनले प्रधानमन्त्रीले एमसीसी पारित नभए प्रधानमन्त्री त्याग्न तयार भएपछि साझेदार दलका नेता तयार भएको खुलाएका थिए। ‘एमसीसी संसदबाट पारित नभएको भए अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रन्थ्यो। विदेदेशी सहयोग रोकिन्थ्यो,’ गृहमन्त्री खाणले भने।
नेपाली कांग्रेस सत्तामा हुँदा एकथोक र सत्ता बाहिर हुँदा अर्को कुरा नगर्ने बताएका गृहमन्त्री खाँडले फरक प्रसंगमा लुम्बिनीको विकासले देशलाई नै प्रभाव पार्ने बताए। उनले समग्र लुम्बिनीको विकासका लागि सरकारले आवश्यक वजेट ब्यवस्था गर्ने प्रतिवद्वता जनाएका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा,विज्ञान,युवा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँले अस्पतालसम्म पुग्ने सडक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक फखरूद्दिन खान, नेपाल प्रेस युनियनका केन्द्रीय सभापति बद्री सिग्देल, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका उपाध्यक्ष गोविन्द सुवेदी, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनकै डाक्टर मार्कोश लगायतले आ आफ्नो भनाइ राखेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *