अमेरिकामा आक्रमणकारीको गोली लागेर ४ प्रहरीको मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, बैशाख १८, २०८१      0

बैशाख १८ –  अमेरिकाको उत्तरी क्यारोलाइनास्थित शार्लोटमा चार प्रहरी अधिकारी मारिएका छन् । आक्रमणकारीको गोली लागेर अन्य तीन प्रहरी घाइते भएका छन् । जवाफी कारबाहीमा एक आक्रमणकारी पनि मारिएको स्थानीय प्रहरीले जनाएको छ ।

चार्लोट-मेक्लेनबर्ग पुलिस विभागका प्रमुख जोनी जेनिङ्सका अनुसार आक्रमणकारीले बन्दुक राखेको विषयमा छानबिन गर्न प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए । लगत्तै आक्रमणकारीले गोली चलाउँदा अमेरिकी मार्शल टास्क फोर्सका चार अधिकारी मारिएका हुन् ।

जवाफी कारबाहीमा एक आक्रमणकारी मारिएको र उक्त घरमा रहेका अन्य दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *