रवि, नैतिकता छैन र कानुनभन्दा माथि छौं भने आउ कार्यालय घेर, वेतिथिविरुद्ध कलम रोकिदैन(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, माघ २३, २०७९      0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार गरेको पत्रकार सम्मेलन र उनका अभिब्यक्तिलाई लिएर आलोचना भइरहेको छ । आफ्ना मन्त्रीहरुलाई सरकारबाट बाहिर ल्याउने निर्णय सुनाउँदै सभापति लामिछानले नेपालका मिडिया र संचारकर्मीमाथि लगाएको लाल्छनालाई लिएर आलोचना भएको हो । सभापति लामिछानेले आफु र आफ्नो पार्टी सरकारमा रहदा गरेका काम कारवाही र सरकारबाट बाहिरिनुको कारण बोल्नुको साटो संचारमाध्यममाथि आक्रोश पोख्नुलाई ब्यक्तिगत कुण्ठाका रुपमा चित्रित गरिएको छ ।

१९ गते म अभिमन्यू होइन भन्दै समाजिक सन्जाल पोष्टाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सिधाकुरा नगरेको धेरै भएछ भन्दै पत्रकार सम्मेलन गर्ने अर्को पोष्ट लेखे र पत्रकार सम्मेलन पनि गरे । उपप्रधान तथा गृहमन्त्रीदेखि सांसद र सभापति पद गुमाएका उनले पार्टीबाट मन्त्री बनेकाहरुलाई पदबाट बाहिर निकाले तर प्रचण्ड सरकारलाई समर्थन गर्ने निर्णय गरे । पार्टीको बैठकपछि पत्रकार सम्मेलन गरेका उनले आफुले नागरिकताका विषयमा गरेको गल्ती अदालतको आदेश स्वीकारका साथै चितवनका दुईका मतदातासँग माफि पनि मागे त्यो उनको महानता थियो र राजनीतिक संस्कार पनि । तर उनले सरकारबाट बाहिरिदैं गर्दा त्यसको कारण र आफ्ना मन्त्री र उनीहरुले मन्त्रालयमा रदहै गर्दा गरेका कामको फेररिस्त र वर्तमान राजनीतिक, आर्थिक र सामाजिक परिवेशका कुरा भन्दा आफ्ना कुण्ठा पोखे जुन कुरा आम नागरिकलाई खासै महत्व र अर्थ नदिने खालका थिएनन् । सत्ता सबैलाई प्यारो हुन्छ र रविलाई पनि प्यारो लाग्नु र आक्रोश उत्पन्न हुनु स्वभाविक पनि हो किनकी यहि संकारमा उनी हुर्केका हुन् र उनको मगज पनि यीनै कुरा भरिएको छ तर आक्रोश पोख्ने शैली भने पटक्कै सुहाउँदो दिएन । पत्रकार सम्मेलन गर्ने भन्दै तिनै मिडियाको आड लिने र उनैमाथि खनिदैं उनीहरुकै भर पर्नु उनको विवेकले भ्याएन वा जानेन्ने त्यो उनकै विषय हो । तर हिजो जुन संचारकर्ममा आवद्ध रहेर आफुलाई यो स्थानसम्म पुर्याउन भर्याङ बनाएका आफ्नै सहकर्मीमाथि दोष थुपारेर आफु दुधले नुहाएको जस्तै गर्न पटक्कै मिल्दैन । अर्कोतर्फ होलान् केहि मिडिया मालिक र केहि पत्रकार जो मिसन पत्रकारकारीता गरेकै छन् अझ भनौं रविकै पछाडि लागेर उनलाई घरको न घाटको बनाए तर त्यसको पनि कानुनी बाटो छ, समाधानको पाटो छ । अर्कोतर्फ उनले देखाएका केहि प्रमाणहरु कसलाई देखाउन खोजीएको हो, आम जनतालाई, प्रचण्डलाई वा विदेशी कसैलाई ? उनलाई त्यति हेक्का छैन होला र यी विषय कहाँ र कुन समयमा कसरी पेश गर्ने भनेर ? यावत प्रश्न उनको हैसियत आम जनताले स्पष्ट देखे र सुन्ने मौका पाए ।

यो भन्दै गर्दा उनका सार्थकले हाम्रो आलोचना गर्दै उनको जयजयकार नै गर्लान् तर सतहि समर्थन र जयजयकार क्षणिक हुन्छ । त्यसका लागि गहिराइमा पुगेर बास्तविताका पहिल्याउन सक्नुपर्छ साथै वर्तमान राजनीति सत्ता समिकरण र वर्तमान ब्यवस्थाको र रविको उदण्ड ब्यवहारको विश्लेषण गर्नुपर्छ । सतही धारणा र आलोचनाले एकैछिन आत्मसन्तुष्टि त मिल्ला त्यसले दिर्घकालमा पिरोल्छ र पोल्छ । विभिन्न मिडिया र व्यक्तिको नामै तोकेर आक्रोशित रूपमा प्रस्तुत भएका उनले सबै मिडिया र सम्पादकको ‘मुकुन्डो’ उतारिदिने चेतावनी दिनु ठिक हो तर त्यसको लागि बिभिन्न निकाय छ, मुलुकमा कानुनी राज्य छ । बिभिन्न मिडिया संचालक र सम्पादकको नामै तोकेर पटक पटक १२ भाईको संज्ञा दिएका उनले आफु्नो चरित्रहीनसमेत बनाएर हेडलाइन राखिएको आक्रोश र गुनासो त्यो उनको महानता होला र प्रमाणकै आधारमा पनि बोलेहोलान् । यो कुनै हदसम्म ठिकै पनि होला तर मेरो बारेमा शीर्ष बङ्याएर शीर्ष राखे मिडियाहाउन नै घेर्ने त्यो पनि आफ्ना मान्छे लिएर भन्नुले के सन्देश दियो ?

नेपालको हरेका परिर्वतनको कालखण्डदेखि अनियमितता, वेतिथि, कुरीतीकासाथै गलत प्रवृति र आचरणमाथि औला उठाउँदै आएका नेपालका संचारमाध्यम र संचारकर्मीलाई उनले दोषी देखेकै हुन् उनको त्यो बालहट बाहेक केहि होइन । मेरो मात्रै गुणगान गाउँ मेरै पछि लाग नलागे जे पनि गर्न सक्छु मेरो लागि कानुन भन्दा माथि केहि छैनन् भन्ने ठान्छन् र संचारकर्ममा लागेका अनुहार र उनीहरुका परिवारलाई तर्साउन् खोज्ेका हुन् भने उनको अहमता र मुखाईंबाहेक केहि हुन सक्दैनन् । संचारकर्मीलाई धुर्काउने, धम्काउने आफु अनुकुल प्रयोग गर्न खोज्ने रवि मात्रै होइनन् विगतमा अन्य पात्रहरुपनि थिए तर आफै विलिन भए । त्यसैले आफै विलयको बाटोमा लगेको हो भने रामराम मात्रै भन्न सकिएला तर गलतलाई सहि भन्दै काँध थाप्न चाहि कसैले सक्दैन, कसैले त्यो जोश पनि देखाउलान् तर डिलबाट लड्नै लाग्दै कसैले समाउँदैनन् । मिडिया हेर्ने निकाय छन्, सकिन्छ भने उजुरी हालनुस् निवेदन दिनुस् तपाई पीडित नै हो भने ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *