बार्यनले पिएसजीलाई उसकै मैदानमा हरायो

 ग्लोबल टिभि      बुधबार, फाल्गुन ३, २०७९      0

फागुन ३ –  युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम- १६ को पहिलो लेगमा जर्मन जायन्ट बार्यन म्युनिखले फ्रेन्च दावेदार पिएसजीलाई उसकै मैदानमा पराजित गरेको छ। बार्यनविरुद्ध सीमित मौका सिर्जना गरे पनि पिएसजी गोल गर्न भने असफल रह्यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बार्यनले दोस्रो हाफमा अग्रता लिएको थियो। बायर्नलाई जित दिलाउन पिएसजीकै पूर्व खेलाडी किङ्सली कोमानले गरेको एकमात्र गोल निणायक बन्यो। पार्क डेस प्रिन्समा घरेलु दर्शकमाझ पिएसजी बार्यन विरुद्ध गतिलो मुभहरू बनाउन असफल भएको थियो।

त्यसो त बार्यनले पनि सीमित मौकामा नै गोल गर्‍याे। उसले ५३ औँ मिनेटमा अलफन्सो डाभिसको पासमा कोमानले ‘वान टच’ प्रहार गोलमा परिणत भएको थियो। त्यसअघि खेलको पहिलो मिनेटमा नै एरिक मेक्सिम चुपो मोटिङको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा बायर्न अग्रता लिनबाट चुकेको थियो।

७३ औँ मिनेटमा पिएसजीले गोलको राम्रो मौका चुकायो। नेयमारको गरेको प्रहार गोलरक्षक यान सोमेरले बचाउँदा रिवाउन्डमा एम्बाप्पेले गोल गरे पनि उक्त गोल अफसाइड भएको थियो।

८२ औँ मिनेटमा एम्बाप्पेले पुन: गोल गरे पनि भिएआरले उनको गोललाई अपसाइड घोषित गरेको थियो। अन्तिम समयमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो। बेन्जामिन पाभार्डले मेसीलाई डिबक्स बाहिर लडाएपछि उनी दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

त्यसलगत्तै मेसीले गरेको राम्रो प्रहार डिफेन्डरले क्लियर गर्दा सम्भावित बराबरीबाट पिएसजी चुकेको थियो। अब दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुने छ। दोस्रो लेगमा बराबरी नै बायर्नलाई क्वाटरफाइनल पुग्न पर्याप्त हुने छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *