रवि लामिछानेलाई चाहिए बालेन, हर्क, महावीर, कुलमान, भाइरल म्यान टार्गेट गर्दै(भिडियोसहित)

विनोदबिक्रम भण्डारी

 ग्लोबल टिभि      सोमवार, असार १८, २०८०      0

विनोद/नरेश– रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय संगठन विस्तारमा केन्द्रीत भएको छ । पार्टी खोलेको छोटो समयमै सत्ताको स्वाद लिएका रास्वपा सभापति लामिछाने यतिबेला मिसन २०८४ मा लागेका छन् । जसलाई मध्यनजर गरेर सभापति लामिछाने भाइरल म्यानको खोजीमा छन् । सामाजिक हैसियत र आर्थिक स्थिति बलियो भएका व्यक्तीलाई पार्टीमा लैजान सके संगठन विस्तारमा बल पुग्ने विश्वास लिएको समेत देखिएको छ । आखिर रास्वपा भाइरल म्यानको खोजीमा लागेको हो ?

संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता र सरकारमा असफल भएपछि यतिबेला संगठन विस्तारमा लागेको छ । रास्वपा सभापति रवि लामिछानेको भनाईलाई आधार मान्ने हो भने अव रास्वपा सत्ता र सरकारको खेलभन्दा पर रहेर मिसन ०८४ मा केन्द्रित भएको छ । गत मंसिरको आमचुनाव र बैशाख १० को उपचुनावमा शिर्ष राजनीतिक दलका किल्ला भत्काएर २१ सिटका साथ संसदको चौथो शक्ति भएको रास्वपा मिसन ०८४ लाई सफल पार्न भाइरल म्यानको खोजीमा लागेको आकलन गर्न थालिएको छ । रास्वपा सभापति लामिछानेलाई पार्टी खोल्दा सामाजिक हैसियत भएका र बलियो अर्थतन्त्र भएका मानिसलाई टिपेर पार्टी खोलेको आरोप समेत लाग्ने गरेको छ ।

पछिल्लो समय लामिछाने सामाजिक र आर्थिक हैसियत भएकालाई पार्टीमा तान्ने रणनीतिमा देखिएका छन् । सुरुमा लामिछानेले नेपाली कांग्रेसमा १० बर्ष सक्रिय राजनीति गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेलाई पार्टी प्रबेश गराएका थिए । उनीसंगै पूर्व डिआइजी तथा सुशासन पार्टीका अध्यक्ष रहेका रमेश खरेल समेत थिए । त्यसपछि वाग्ले तनुँहु–१ बाट बैशाख १० को उपचुनावमा घण्टी चुनाव चिन्हबाट सांसद बनेका थिए भने खरेल बारा २ मा पराजित भएका थिए । वाग्ले र खरेलको रास्वपा इन्ट्रीसंगै लामिछानेले असार ७ अर्थात् पार्टी स्थापना दिवसका दिन नेपालको बंैकिङ क्षेत्रमा ३० बर्ष लामो अनुभव लिएका चर्चित बैंकर अनिलकेशरी शाहलाई समेत रास्वपामा प्रवेश गराए । रास्वपा प्रबेश गराए लगतै सभापति लामिछानेले केशरीलाई प्रशिक्षण विभाग प्रमुखमा नियूक्त गरे । यस्तोमा रास्वपा प्रबेश गरेका उनीहरुले बर्तमान समयका राजनीतिक दल मध्यरास्वपा नै उपयूक्त विकल्प रहेको बताइरहेका छन् ।

त्यसअघि लामिछानेले पार्टीको केन्द्रिय सदस्य मनोनयनमा समेत भाइरल म्यान अर्थात् सामाजिक र आर्थिक हैसियत भएकाहरुलाई पार्टी प्रबेश गराएका छन् । जसमा मोटिभेसनल स्पीकर तथा सञ्चाकर्मीको छवी बनाएका रमेश प्रसाई र सामाजिक अभियान्ताको छवी बनाएकी ज्वाला संग्रौलालाई केन्द्रिय सदस्यमा मनोनयन गरेका थिए । यसरी रास्वपा सभापति लामिछानेले लगातार भाइरल म्यानलाई टपक्क टिपेर पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पन थालेपछि रास्वपाको भविष्यबारे समेत चिन्ता उन्पन्न भएको छ । तर रास्वपा सभापति लामिछाने भने पार्टीमा बेइमानीहरुका लागि ढोका बन्द रहेको दावी गरिरहेका छन् ।

लामिछानेले उनीहरुका अलवा अध्यारो नेपाललाई उज्यालो नेपाल बनाउन महत्वपूर्ण भुमिका खेलेका कुलमान घिसिङ, राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाविर पुन, नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल, काठमाडाँै र धरानका स्वतन्त्र मेर बालेन शाह र हर्क समापाङ राई लगायतलाई रास्वपामा आउन सार्वजनिक रुपमै आह्वान समेत गरिरहेका छन् । पुराना राजनीतिक दलहरुले लामो समय मुलुकको शासन सत्ताको बागडोर समाल्दा समेत देश र जनताको जिवनमा परिवर्तन नआएको जनगुनासो बटुल्दै छोटो समयमै पार्टी खोलेर मुलुकको उपप्रधानसहित गृहमन्त्रीबनेका रवि लामिछानेको यतिबेला चर्चा र आलोचना दुबै भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *