तनहुँ १ मा स्वर्णिम वाग्लेलाई १० हजार मतको अग्रता

 ग्लोबल टिभि      सोमवार, बैशाख ११, २०८०      0

वैशाख ११– तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको मतान्तर कायम गरेका छन् ।

सोमबार साँझ सार्वजनिक मत विवरण अनुसार वाग्लेले २२ हजार ८२ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् ।

तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाको सबै मत गणना भइसकेको छ । बन्दीपुर गाउँपालिकाको वडा नं १ देखि ४ सम्मको मतगणना सकिएको छ भने व्यास नगरपालिकाको पनि वडा नं १ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *