प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी

 ग्लोबल टिभि      शनिबार, जेष्ठ २७, २०८०      0

जेठ २७ –  प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्ध उजुरी दिन दिएको १० दिने अवधिमा २९ वटा उजुरी दर्ता भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संसदीय सुनुवाइको इतिहासमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको यो सबैभन्दा धेरै उजुरी हो । संवैधानिक परिषदले कानुनको रिक्तता रहेकै अवस्थामा गत वैशाख २५ गते कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न सिफारिस गरेको थियो । सुनुवाइ समिति नै गठन नहुँदा रोकिएको कार्कीको सुनुवाइ प्रक्रिया जेठ १६ गतेदेखि सुरु भएको थियो ।

गठन लगत्तै बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय दिएर सार्वजनिक रुपमा उजुरी आह्वान गरेको थियो । कार्कीविरुद्ध वहालवाला न्यायाधीश, कानुन व्यवसायीहरुले नै उजुरी दिएका छन् । उजुरी एकमुष्ट रुपमा सुनुवाइ समितिको बैठकमै खोलिने प्रवक्ता गिरीले बताउनुभयो । सर्वोच्च अदालत झण्डै डेढ वर्षदेखि कामुको भरमा चलिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *