विदेश गएका बेला मन्त्री पद नरहने स्थिति नबनोस् भनेर भ्रमण रद्ध गरेँ : प्रचण्ड

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १५, २०७९      0

फागुन १५– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई जेनेभा भ्रमण रद्ध भएको विषयलाई अपमानको रुपमा नलिन आग्रह गरेका छन् ।

राजीनामा पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएका बेला प्रधानमन्त्री प्रचण्ड र निवर्तमान परराष्ट्रमन्त्री पौड्यालबीच जेनेभा भ्रमण रद्ध भएको विषयमा कुराकानी भएको थियो ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक रुपमा परिस्थिति बदलिएका कारण मुलुकको नेतृत्व गरेर विदेश गएका बेला मन्त्री पद नरहने स्थिति नबनोस् भनेर भ्रमण रद्ध गरिएको बताए । विगतमा मन्त्री विदेशमा हुँदा पद गएका उदाहरणसमेत रहेकाले त्यस्तो नहोस् भन्नका लागि जेनेभा नजान भनिएको प्रचण्डको भनाइ छ ।

‘फेरि पनि सहकार्य हुन सक्छ । राजनीतिक परिस्थितिलाई त्यही रुपमा बुझ्नुपर्छ’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै मन्त्री पौड्यालले भनिन् ।

परराष्ट्रमन्त्री पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको कार्यक्रममा भाग लिन आइतबार बेलुका जेनेभा जाने तयारी थिइन् । तर अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री पौड्यालको भ्रमण रोकिदिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *