कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन सुरु

 ग्लोबल टिभि      सोमवार, बैशाख ४, २०८०      0

वैशाख ४ –   कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो ।

कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिए । उनले भने, “नामकरण भएर परामर्शदातामार्फत अध्ययन सुरु भइसकेको छ । अध्ययनको निष्कर्षका आधारमा आवश्यक संरचना बनाउनुपर्ने छ ।”

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताए । ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेस्ट’ लगायत कुन उपाय अवलम्बन गरेर डुबान न्यूनीकरण हुनसक्छ त्यो गरिने उनको भनाइ छ । उनले भने, “आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ ।”

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *