वीर अस्पतालले गरायो सात सय वटा जनरल शय्या निःशुल्क

 ग्लोबल टिभि      शनिबार, असार ९, २०८०      0

असार ९ –  वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ ।  अस्पतालको कार्यकारी परिषद्को बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा अस्पतालले सात सय वटा बेड निःशुल्क गराएको हो ।

यसअघि वीर अस्पतालले जेनरल बेडको दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो । जेनरल बेड निःशुल्क गरिए पनि वीरको क्याबिन तथा आईसीयुको शुल्क कायमै छ । वीर अस्पतालमा ९ सय ५० वटा शय्या छन् । वीरको निर्णयले विपन्न बर्गलाई राहत पुग्ने विश्लेषण गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *