जसपाको केन्द्रीय समिति बैठक सुरु

 ग्लोबल टिभि      शनिबार, असार ९, २०८०      0

असार ९ –  जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्या पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

आइतबारदेखि काठमाडौँको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन् ।

भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई आजको बैठकले अनुमोदन गर्नेछ । बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।

भोलिको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन, प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदै छन् । यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ । जसपाले अहिले विधान अधिवेशन गरेर विधानलाई समय सापेक्ष बनाउन गइरहेको छ ।

पार्टी हालैमात्र कम्युनिस्ट दलहरू सम्मिलित समाजवादी मोर्चामा सहभागी भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *