नेपाल राष्ट्र बैंकले काठमाडौं सिनामंगलबाट बरामद गरेको करिब ६१ किलो सुन आज गाल्दै

 ग्लोबल टिभि      मङ्लबार, साउन ३०, २०८०      0

साउन ३० – काठमाडौं सिनामंगलबाट बरामद तस्करीको सुन नेपाल राष्ट्र बैंकले आज गाल्ने भएको छ । स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको सुन हिजो राष्ट्र बैंकको टक्सार महाशाखाले निकाल्ने काम गरेको थियो ।

महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । पहिले ब्रेक शुसहित जोख्दा १ सय ५५ किलो भएपछि करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो । त्रिभुवन भन्सार कार्यालयबाट उम्किएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *