हङकङविरुद्ध नेपालले दियो ५७ रनको लक्ष्य

 ग्लोबल टिभि      बिहिबार, कार्तिक ३०, २०८०      0

 कार्तिक ३० –   नेपालले हङकङलाई ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। हङकङमा जारी महिला टि-२० आई सिरिजमा नेपालले १० विकेटको क्षतिमा हङकङविरुद्ध ५६ रन बनाएको हो। हङकङविरुद्ध खराब सुरुवात गरेको नेपाल १८ ओभरमा अलआउट भएको हो।

टस जितेसँगै नेपालकी कप्तान इन्दु बर्माले पहिला ब्याटिङ रोजेकी थिइन्। नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। बुधबार पहिलो खेलमा तान्जानियासँग २७ रनले नेपाल पराजित भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *