विश्वकपअघि अलराउन्डर दिपेन्द्र लयमा, टोलीको प्रदर्शन भने धरासायी, के हो कारण ?

 ग्लोबल टिभि      सोमवार, बैशाख १०, २०८१      0

बैशाख १० – एसीसीमा प्रिमियर कपमा खराव प्रर्दशन गरेको नेपाली राष्ट्रिय क्रिकेट टीमको आलोचना भइरहेको छ । समुह चरणमा उत्कृष्ट नजिता निकाल्दै सेमिफाइनलमा पुगेको नेपाल युएईसँग स्तब्ध बन्दा आलोचनाको तारो बन्न पुगेको हो । कमजोर टिमसँग उत्कृष्ट नजिजा निकाल्ने नेपाल समान स्तरका टिमसँग भने लजास्पद हार ब्यहोर्दा क्रिकेट समर्थक निराश छन् । खेलाडी समेत हारका कारण निन्द्रा नलागेको बताउन थालेका छन् । अलराउन्डर दिपेन्द्रबाहेक अन्य खेलाडीले लय गुमाएमा छन् ।

आगामी जुनमा वेष्टइन्डिज र अमेरिकामा हुने टि–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लय गुमाएको छ । ओमानमा भएको एसीसी प्रीमियर कपमा नेपालले समुहचरणमा उत्कृष्ट नजिता निकालेको थियो । समुह चरणका ४ खेलमा जित हात पार्दे प्रशंशा बटुलेको थियो । ती टोली नेपाल भन्दा तुलनात्मक रुपमा कमजोरी टोली हुन् ।

कमजोर टोलीसंग उत्कृष्ट नतिजा निकाल्ने र समान हैसियतका टोलीसंग लज्जास्पद हार ब्यहोर्दा टोलीले आलोचना खेप्नु परेको छ । सेमिफाइनलमा समान हैसियत भएको एशोसियट राष्ट्र संयुक्त अरव इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल फाइनलमा पुग्ने र दोस्रो पटक एसीया कपको ढोका खोल्ने खेलाडी र क्रिकेट समर्थकको विश्वास थियो । तर नेपाल युएई सामु निरिह बन्दा एसीया कपको ढोका बन्द गर्न  पुग्यो ।

समिफाइनलको युएईसंग ६ विकेटको हारले एसीया कप गुमाएको नेपालले तेस्रो स्थानका लागि भएको खेलमा हङकङसंग ४ विकेटको हार ब्यहोर्दा इमजिङ कप खेल्ने सपनामा समेत गुमायो । यी दुई हारले दुई विशेष प्रतियोगिता गुमाएपछि यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीको तीब्र आलोचना भइरहेको छ ।

आलोचनाको तारोमा कप्तान रोहित कुमार पौडेल, मुख्यप्रशिक्षक मोन्टी देशाई र ओपनर कुशल भुर्तेल छन् ।टोलीले लय गुमाएको भएपनि अलराउन्डर दिपेन्द्रसिंह एैरी भने उतकृष्ट लयमा देखिएका छन् । कतार विरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेर विश्व क्रिकेटका चर्चित खेलाडी जोडिएको रेकर्ड बराबरी गरेका छन् । साथै उनको नाममा ९ बलमा अर्धशतक प्रहार गर्ने विश्व रेकड कायमै छ । ६ बलमा ६ छक्काले भने उनलाई अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा चुलिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको जर्सी अमेरिकामा सबैभन्दा बढी मूल्यमा बिक्री भएको छ । अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरेको अक्सनमा दीपेन्द्रको जर्सी १ हजार ५० डलरमा बिकेको हो । क्रिस्टल कँडेलले दीपेन्द्रको जर्सी नेपाली रुपैयाँ १ लाख ४० हजारमा किनेका हुन् ।

टेक्सास राज्यको अर्भिङ सहरमा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गर्ने क्रममा दीपेन्द्रको जर्सी अक्सनमा राखिएको थियो । दीपेन्द्रले गत साता ओमानमा भएको ‘एसीसी प्रिमियर कप’ क्रिकेटमा एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका थिए । त्यसपछि उनको ब्राण्ड भ्यालु ह्वात्तै बढेको हो । नेपाली टोलीले कमजोर प्रदर्शन गरिरहेको भएपनि उनी आफ्नो जिवनकालकै उत्कृष्ट फममा रहेका छन् ।

उनको लयले नेपाललाई विश्वकपमा थप मजबुत गर्नेछ । यसअघि टि–२० विश्वकपको तयारीका लागि सरकारले ५ करोडको बजेट समेत छुट्याइसकेको छ । तर नेपाल क्रिकेट संघ क्यान भने विश्वकप तयारी स्वरुप बलिया टेष्ट नेसन राष्ट्रसंग तयारी गराउनुको साटो गल्ली क्रिकेटका टोलीसंग तयारीका लागि पठाइरहेको छ । प्रीमियर कप अघि नेपालले भारतका तेस्रो तहका दुई क्लव गुजरात र बरोडासंग टि–२० फ्रेण्डशिप कप खेलको थियो ।

उक्त कपको उपाधी चुमेपनि नेपालले कमजोर टोलीसंग तयारी गरेको भन्दै अलोचना भएको थियो । साथै उक्त सिरिज नेपालले हात पारेपनि नेपालले खेलेको त्यस प्रकारको सिरिजले विश्वकप खेल्न मद्दत गर्न नसक्ने कुरा प्रष्ट भएको छ । कमजोर टोलीसंगको तयारीले प्रीमियर कपमा त्यसको असर परेका देखिएको छ । नेपालले शनिबार देखि घरेलु मैदान टियुमा बलियो टेष्ट राष्ट्र वेष्टइन्डिज ए संग ५ खेलको टि–२० सिरिज खेल्दैछ । कमीकमजोरी र गुमेको मनबल बलियो पार्दै नेपालले विश्वकपको तयारीलाई तीब्रता दिनुपर्ने देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *