६ महिनापछि सक्रिय हुन थाल्यो मिनी संसद, कानुन निर्माणमा टेवा पुग्ने(भिडियोसहित)

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २, २०८०      0

विनोद/गणेश– प्रतिनिधि सभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । मिनी संसद भनिने संसदीय समितिहरुको बैठक आजबाट सुरु भएको हो । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । तर संसदीय समितिहरू क्रियाशील थिएनन् । दलहरुबीच समितिको भागबण्डा नमिलेका कारण पनि संसदीय समितिहरु निष्कृय थिए । त्यसबाट सदनको कामकारबाही पनि प्रभावकारी हुन सकेको थिएन ।

मंगलबारबाट संसदीय समितिहरु क्रियाशिल भएका छन् । संसद गठन भएको झण्डै ६ महिनापछि मिनी संसदका रुपमा लिइने समिति क्रियाशील भएका हुन् । समिति बैठकमा सांसदहरुले समितिलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले समेत संसदका समिति कर्मकाण्डी नभएर क्रियाशील बनाउनुपर्ने बताएका छन् ।

समितिको बैठकमा पर्यटनमन्त्री सुदन किरातीले भने संसद र सदन अरुले नै चलाउने अनुभूति गरेको बताएका छन् । उनले आफ्नो अनुभव सुनाएका थिए ।

संसदका समितिले कानून निर्माणदेखि अन्य समसामयिक विषयमा समेत गहिरो अध्ययन गर्ने गर्छन् । संसदको पुर्ण बैठकमा कुनै विधेयकमाथि गम्भिर छलफल हुन नसक्ने भएकाले नै समितिमा पठाएर विधेयकमाथि सरोकारवालालाई बोलाएर समेत छलफल गर्ने गरिन्छ । त्यसैले पनि समितिको भूमिका महत्वपुर्ण हुने र समिति प्रभावकारी बनाउनुपर्ने सांसदहरुको भनाई छ ।

संसद सचिवालयमा दर्ता भई प्रतिनिधि सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पु¥याउनु संसदीय समितिको कार्यजिम्मेवारी तोकिएको छ । प्रतिनिधि सभामा ठूलो संख्या हुने र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पु¥याउन चुनौती हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यास रहेको छ । अधिकांश संसदीय समितिको आकार करिब २५ सदस्यीय हुन्छ । लामो समय देखि बस्न नसकेको संसदीय समितिको बैठक बस्नथालेपछि कानुन निर्माण र त्यसको परिमार्जनमा सहयोग पुग्ने आँकलन गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *