बाजुरामा ट्रक खस्दा दुई जनाको ज्यान गयो

 ग्लोबल टिभि      बिहिबार, मंसिर २३, २०७८      0

बाजुराकोे जगन्नाथ गाउँपालिका–६ काप्री स्थित गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र विपी शाही रहेका छन् ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट खसेको हो । उनीहरु ट्रक चालक र सहचालक रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *