चलचित्र ‘अवतार-२’ हेर्न गएका एक युवकको निधन

 ग्लोबल टिभि      आइतवार, पुस ३, २०७९      0

पुस ३ – हलिउड चलचित्र ‘अवतार–२’ हेर्न गएका एक युवकको हृदयघातका कारण निधन भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटना भारतको आन्ध्र प्रदेशको काकीनाडा जिल्लाको पेद्दापुरम शहरमा भएको हो। चलचित्र हेर्दा लक्ष्मी रेड्डी श्रीनु नामका ति युवक निकै उत्साहित भएका थिए ।

श्रीनु आफ्नो भाइसँग हालै सार्वजनिक भएको चलचित्र ‘अवतार २’ हेर्न गएका थिए । चलचित्र हेर्दै गर्दा श्रीनु बेहोस भएर भूइँमा लडेका थिए । उनलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ ।

श्रीनुलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको चिकित्सकहरूले बताएका छन् । चलचित्र हेर्दै गर्दा श्रीनु अति उत्साहित भएका थिए । जसका कारण उनलाई अचानक हृदयघात भएको थियो ।

सन् २००९ मा ताइवानमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । चलचित्र ‘अवतार’ हेर्न गएका ४२ वर्षीय पुरुषको पनि हृदयघातका कारण निधन भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *