इरानमाथि लगाएइका प्रतिबन्ध फुकवा गरी आणविक वार्ता थाल्न अमेरिकामाथि दबाव

 ग्लोबल टिभि      शनिबार, माघ २२, २०७८      0

माघ २२
इरानमाथि लगाएइका प्रतिबन्ध फुकवा गरी आणविक वार्ता थाल्न अमेरिकामाथि दबाव परेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले इरानमाथिको प्रतिबन्ध फकुवा गरेर वार्ताका लागि प्राविधिक छलफल गर्न थाल्नु पर्ने बताएका छन् । सन् २०१५ को आणविक सम्झौतामा फर्कन अमेकिारलाई दबाव परेकाले वासिङ्टन र तेहरानबीचको वार्ता अघि बढाउन दबाव परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेसँगै दुवै देशबीचको विवाद बढ्दै गएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेलगत्तै इरानसँगको सम्बन्ध सुधारका लागि आफू वार्ता गर्न तयार रहेको बताए । त्यसलगत्तै बाइडेन प्रशासन र इरानबीच अष्ट्रियाको भियनामा पटक पटक भएका वार्ताहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *