१ लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध

 ग्लोबल टिभि      सोमवार, माघ २४, २०७८      0

माघ २४
चिनियाँ अवरोधका कारण १ लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको उक्त मल आज–भोलि नै नेपाल भित्रिसक्नुपर्नेमा चीनको कारण अन्योलमा फसेको कम्पनीले जनाएको छ । मल निर्यात रोक्ने चिनियाँ नीतिका कारण ५० हजार मेट्रिकटन युरिया र ६३ हजार ५३५ मेट्रिकटन डीएपी मल आयात अलपत्र परेको कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्र कार्कीले बताए ।

पाँच वटा फरक–फरक ठेकदार कम्पनीले एक लाख १३ हजार ५३५ मेट्रिकटन मल ल्याउनका लागि कम्पनीबाट ठेक्का पाएका थिए । यो आर्थिक वर्ष चीनबाट एक लाख १५ हजार ५३५ मेट्रिकटन मल आउनुपर्नेमा जम्माजम्मी दुई हजार मेट्रिकटन हाराहारी मात्रै मल भित्रिएको कृषि सामाग्री कम्पनीले जनाएको छ । कम्पनीसँग हाल फरक टेन्डरको २० मेट्रिकटन डीएपी र साढे ७ हजार मेट्रिकटन पोटास मल मात्रै आउने निश्चित भएको कम्पनीको दाबी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *