विप्लवको स्थानीय निर्वाचनमा सहभागी हुनुपर्ने पार्टी बैठकमा प्रस्ताव

 ग्लोबल टिभि      शुक्रबार, चैत्र ४, २०७८      0

चैत ४
चुनाव वहिष्कार गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले स्थानीय निर्वाचनमा सहभागिता जनाउनुपर्ने प्रस्ताव व्यक्त गरेका छन्।

शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले वैशाख ३० गतेको लागि तय भएको चुनावमा सहभागी हुनुपर्ने प्रस्ताव राखेका हुन्।

तर, उनको प्रस्तावमा केही नेताहरुले असन्तुष्टि जनाएका छन्। ७० जनाभन्दा बढी नेताहरु सहभागी केन्द्रीय समिति बैठकमा चुनावमा जाने प्रस्ताव आएको बताउँदै त्यसमा भोलिदेखि छलफल थालिने छ ।

स्रोतका अनुसार महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चुनावमा भाग लिनुपर्ने पक्षमा छन्।

तर बाँस्तोला र हेमन्तप्रकाश ओली लगायतका सचिवालयका नेताहरु चुनावमा नगएर एकीकृत जनक्रान्तिको मार्गचित्र अनुसार अघिबढ्नुपर्ने पक्षम छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *