पत्रकार रमनले जन्म दिनमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरे

 ग्लोबल टिभि      बुधबार, चैत्र ९, २०७८      0

चैत ९-सोलुखुम्बुको जुबुमा जन्मिएका पत्रकार रमन वनले काठमाडौंको एक बाल आश्रमलाई शैक्षिक सामाग्री सहयोग गरेका छन ।

उनले आज आफ्नो जन्मदिनको अवसर पारी काठमाडौं मुलपानीमा रहेको जनजाती बाल आश्रमका ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।

सामाग्री पाउने बालबालिकाहरु कोहि अनाथ, केही आर्थिक अवस्था नाजुक भएका परिवारका छन ।

वनले आज आश्रममै पुगेर प्रती बालबालिका ३ ओटा कपि, साथमा डटपेन, पेन्सिल, इरेजर, कटर उपलब्ध गराएका थिए । उक्त शैक्षिक सामाग्री पाएसंगै बालबालिकाहरु खुशी भएका छन ।

जन्मदिनको अवशरमा पार्टी प्यालेस, डान्सबार गएर मनोरन्जन गर्ने परम्परालाई बिर्सिदै सामाजीक कार्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनको लागि आफुले सहयोग गरेको उनले बताए ।

साथै वनले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिवद्दता जनाउदै बालबालिकको शैक्षिक क्षेत्रमा उज्वल भविष्यको कामना पनि गरे ।

पर्यटन व्यावसायी तुलसिराम पुरी, कपन जेसिआईमा आवद्द भएर काम गर्नु भएका समाजसेवी व्यक्तित्व नवराज वन, कबिता वन, मुना पुरी, पत्रकारद्वोय सुनिल बिष्ट, प्रकाश कपाली लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जनजाती कल्याण आश्रमले वि.सं. २०५९ सालदेखी जनजाती बालबालिकाहरुको हकहित तथा उत्थानको लागि काम गर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *