सामाजिक विकासमा गरेको योगदानको कदर गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित

 ग्लोबल टिभि      बिहिबार, भदौ १६, २०७९      0

भदौ १६– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित भएका छन् । हुम्लाको लामा सांस्कृति मञ्चले शाहीलाई सम्मानित गरेको हो ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, प्रमुख जिल्ला अधिकारी सीता परियार, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा, सिमकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष पदमबहादुर लामा लगायतको सहभागिता थियो ।

मञ्चका सदस्य राजबहादुर लामाले मुख्यमन्त्री शाहीले सामाजिक विकासमा गरेको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको बताउँछन् ।

मुख्यमन्त्री शाहीलाई मञ्चका अध्यक्ष धर्मानन्द लामाले दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरेर सम्मानित गरे । राजनीतिकर्मी भएर धर्म संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान गरेको भन्दै मञ्चले उनलाई सम्मान गरेको उनको भनाइ छ ।

आफुु सम्मानित भएपछि मुख्यमन्त्री शाहीले आफू मञ्चको अभियानमा साथ रहेको बताए । धर्म र संस्कृति बचाउन सबैको दायित्व भएको बताउँदै मञ्चको अधुरो भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले सबै जातजाति मिलेर जिल्लाको विकासका लागि लाग्नुपर्ने बेला आएको बताए । परम्परागत साँस्कृतिलाई बचाउन नयाँ पिँडीका लागि पर्नुपर्ने बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *