प्राधिकरण नाफामा छ : कुलमान

 ग्लोबल टिभि      बिहिबार, चैत्र ३, २०७८      0

चैत ३
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतको मूल्य अझ सस्तो हुने बताएका छन्।

पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० के.भी. प्रसारण लाइन तथा २२०/१३२ के.भी. न्यू बुटवल सवस्टेशनको उद्घाटन कार्यक्रममा पुगेका उनले प्राधिकरण विगत ५ वर्षदेखि नाफामा रहेकाले सस्तो बनाउन कुनै समस्या नरहेको बताए ।

‘नेपालको विद्युत अहिले पनि महङ्गो छैन्। अहिले १,२ रुपैयाँ महङो तिर्दैमा केही हुन्न। त्यसको प्रतिफल पाइन्छ नै’, उनले भने।

चौबिसै घण्टा विद्युत आपुर्तिका लागि लगानी चाहिने र त्यसका लागि समस्या पनि नरहेको उनले बताए। ‘विद्युतमा वार्षिक १० देखि १२ अर्ब रुपैयाँ लगानी गरेका छौं। अहिले ग्रामीण जनताले ३० रुपैयाँमा विद्युत उपभोग गरेका छन्। त्यसलाई अझ सस्तो बनाउने गरी लागेका छौं’, उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *