नेदरल्यान्ड्सले डेनमार्कलाई हरायो

 ग्लोबल टिभि      आइतवार, चैत्र १३, २०७८      0

चैत्र १३-अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले डेनमार्कलाई हराएको छ । शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४-२ गोल अन्तरले हराएको हो ।

प्रतिस्पर्धात्मक खेलको १६ औं मिनेटमा स्टेभेन बेर्जविनले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, २० औं मिनेटमा जानिक भेस्टरगार्डले गोल गर्दै डेनमार्कलाई १-१ को बराबरीमा ल्याए ।

खेलको २९ औं मिनेटमा नाथन एकेले गोल गर्दा नेदरल्यान्ड्स २-१ ले अघि रह्यो । खेलको ३७ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३-१ को बनाए । ४७ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई ३-२ को स्थितिमा ल्याए ।

करिव ९ महिनापछि डेनमार्कको टिममा पुनरागमन गरेका उनले पहिलो खेलमै गोल गरेका हुन् । युरोकप दौरान हृदयघात भएपछि उनी टिममा थिएनन् । त्यसपछि खेलको ७१ औं मिनेटमा स्टेभेनले व्यक्तिगत दोस्रो गोल गर्दै नेदल्यान्ड्सलाई ४-२ को जित दिलाए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *