ब्राजिलले जापानलाई हरायो

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २४, २०७९      0

जेठ २४-अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले जापानलाई हराएको छ । सोमबार भएको खेलमा ब्राजिलले घरेलु टोली जापानलाई १-० गोल अन्तरले हराएको हो ।

ब्राजिलको जितमा नेयमारले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा नेयमारले निर्णायक गोल गरे । नेयमारले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

ब्राजिल मैत्रीपूर्ण खेलका लागि एसियाको भ्रमणमा रहेको छ । यस अघि ब्राजिलले मैत्रीपूर्ण खेलमा दक्षिण कोरियालाई ५-१ गोल अन्तरले हराएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *